हिमपातले ताप्लेजुङको जनजीवनमा प्रभाव
काठमाडाैं | चैत १८, २०७९
ताप्लेजुङ: ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो ।
ताप्लेजुङमा शुक्रबार साँझपछि वर्षा भएको र वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । स्थानीयका अनुसार शुक्रबार राति उच्च हिमाली क्षेत्रमा निक्कै बाक्लो हिउँ परेको छ । अहिले हिउँ पर्ने मौसम नभए पनि वर्षा हुनासाथ हिमाली भेगमा हिमपात भइहाल्ने गरेको स्थानीय बताउँछन् ।
जिल्लाको हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोला बस्ती, याङ्मा लगायतमा हिउँ परेको स्थानीयले बताएका छन् । फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार शुक्रबार साँझपछि बाक्लो हिउँ परेको छ । फलेसहित घुन्सा र ग्याब्ला बस्तीसम्म नै हिउँ परेको शेर्पाले जानकारी दिनुभयो ।
जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४२०० मि.उचाइ) मा निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोलामा पनि निक्कै हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । यस्तै तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती क्षेत्र गुफापोखरी, मिल्के क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।
मैवाखोला गाउँपालिकाकै फाकुम्बा सिरान, मिक्वाखोलाको पापुङ तोक्पेगोला, फक्ताङ्लुङको मानाभरा क्षेत्र सिरिजङ्घाको याम्फुदिन, मामाङ्खेलगायत अधिकांश स्थानीय तहका उच्च हिमाली भेगमा हिमपात भएको छ । त्यस्तै, तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदी बस्तीसम्म नै बाक्लो हिउँ परेको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो ।
यस वर्षमा हिउँद मौसमभर हिमपात र वर्षा भएको थिएन । हिउँद मौसम सकिएपछि निरन्तरजस्तै वर्षा र हिमपात हुँदा राहत नै मिलेको किसानहरू बताउँछन् । तर बेमौसमी हिमपातले भने चिसो अझै नहटेको स्थानीयको भनाइ छ । यस्तै बेमौसमी निरन्तरको हिमपातले हिमाली क्षेत्रका बासिन्दाको जनजीवनलाई प्रभावित बनाइरहेको छ ।
यसअघि गत फागुन १४ गते हिमाली जिल्ला ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो । विगतमा मङ्सिरपछि सुरु हुने हिउँद मौसमसँगै हिमपात हुने गरेकोमा पछिल्लो समय मौसम बितिसकेर बेमौसमी हिमपात हुँदा वातावरण असन्तुलित भई मानव जीवनशैली र प्राणी जगतमा असर पुग्ने बताइन्छ । यता, शनिबारको मौसम पनि धुम्मिएकाले हिमपातको सम्भावना अधिक रहेको स्थानीय बताउँछन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

